अमेरिकाले पुटिनका छोरीहरुलाई किन प्रतिबन्ध लगायो ? को हुन् उनीहरु ?
काठमाडौँ । रुसको युक्रेनको राजधानी केन्द्रित आक्रमणमा अलिकति कमि आएपनि युक्रेनको पूर्वी क्षेत्रमा अझै आक्रमण जारी रहेको छ । युद्धको ४३औं दिनमा अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुवै छोरीलाई प्रतिबन्ध लगाएको छ । यो निर्णयले पुटिनको व्यक्तिगत सम्पत्तिमा असर पर्ने अमेरिकाको भनाइ छ । ह्वाइट हाउसका एक अधिकारीले पुटिनले परिवारका सदस्यको नाममा आफ्नो सम्पत्ति लुकाएको बताएका छन् । छोरीमाथि प्रतिबन्ध लगाएर यसलाई निशाना बनाइएको छ । अमेरिकाले छोरीहरुलाई प्रतिबन्ध लगाएर पुटिनलाई कमजोर बनाउन सकिने रणनिति अपनाएको बताइएको छ ।
अमेरिकाले प्रतिबन्ध लगाए पछि विश्वभर पुटिनकला यी दुई छोरीको बारेमा चासो बढेको छ ।
पुटिनका दुई छोरी छन्, जो रुसको राष्ट्रपति भवनमा कार्यरत छन् । तिनीहरूको नाम मारिया र कटरिना हो । दुवै सार्वजनिक जीवनमा कहिल्यै देखिँदैनन् । आखिर, पुटिनका दुवै छोरीलाई प्रतिबन्ध लगाएर अमेरिकाले के हासिल गर्न चाहन्छ ? भन्ने प्रश्न पनि उठेको छ । पुटिनकी जेठी छोरी रुसी राजनीतिमा शक्तिशाली मानिन्छिन् ।
पुटिनकी जेठी छोरी डा. मारिया भोरोन्टोभा हाल रुसी राष्ट्रपति भवन क्रेमलिनमा काम गर्छिन् । यद्यपि, उनी आधिकारिक रूपमा रुसको स्वास्थ्य मन्त्रालयको एन्डोक्रिनोलोजीका लागि राष्ट्रिय चिकित्सा अनुसन्धान केन्द्र विभागका प्रमुख अनुसन्धानकर्ता हुन् । ३६ वर्षीया मारियाले गत महिना मात्रै सम्बन्धविच्छेद गरेकी थिइन् । उनी रुसी कोरोना भ्याक्सिन लिएर पनि चर्चामा आएकी थिइन् ।
मारियाले मस्को स्टेट युनिभर्सिटीबाट चिकित्सा अध्ययन गरेकी हुन् । उनी रूसको आनुवंशिक अनुसन्धान कार्यक्रमको पनि नेतृत्व गर्छिन्, जसमा रूसी सरकारले अरबौं डलर खर्च गर्दछ । मारियाले यो कामको सीधै राष्ट्रपति पुटिनलाई रिपोर्ट गर्ने बताइएको छ ।
कान्छी छोरीको नाममा करोडौंको सम्पत्ति
पुटिनकी कान्छी छोरी कटरिना टिखोनोभा पनि क्रेमलिनमा काम गर्छिन् । उनले रक्षा विभागमा प्राविधिक सहयोग सम्बन्धी काम हेर्ने बताइन्छ । २९ वर्षीया कटरिनाले सन् २०१५ मा रुसका क्रिल शामलोवीसँग विवाह गरेकी थिइन् । ह्वाइट हाउसका अनुसार कटरिनासँग अर्बौं डलरको सम्पत्ति रहेको बताइन्छ । उनका श्रीमान् शामलोवी पनि रुसी बैंकमा सेयरधनी हुन् ।
कटरिनाले प्रारम्भिक चरणमा पुटिनको चुनावी भाषण पनि लेख्ने गर्दथिन् । सन् २०१८ को चुनावमा पुटिनको चुनावी अभियानको जिम्मेवारी पनि कटरिनाले लिएकी थिइन् । पुटिनले एक कार्यक्रममा आफ्नी कान्छी छोरीको बारेमा आफूले दक्षिण एसियामा अनुसन्धान गरेको बताए ।
दुवै छोरी पुटिनकी पहिलो पत्नीका सन्तान हुन्
भ्लादिमिर पुटिनले १९८३ मा ल्युडमिलासँग विवाह गरेका थिए । मारिया र कटरिना दुवै पुटिन र ल्युडमिलाका सन्तान हुन् । पुटिन र ल्युडमिलाले सन् २०१३ मा सम्बन्धविच्छेद गरेका थिए । तर, यसपछि पुटिनले अहिलेसम्म विवाह गरेका छैनन् । तरपनि पुटिनको अहिले पूर्व जिमनास्ट एलिना काबाएवासँग सम्बन्ध रहेको बताइन्छ ।
मिडिया रिपोर्टमा दाबी अनुसार, एलिना आफ्ना तीन बच्चाहरुसँग एक विलासी भिलामा बसेको बताइएको छ । एलिना ३८ वर्षकी भइन् र उनी ओलम्पिक स्वर्ण पदक विजेता हुन् । एलिना रुसमा सबैभन्दा लचिलो महिलाको रूपमा चिनिन्छिन् । उनी पुटिनको युनाइटेड रसिया पार्टीबाट पनि सांसद भएकी थिइन् ।
अन्तिम पटक डिसेम्बर २०२१ मा देखियो
याचिकामा भनिएको छ कि युद्धको बावजुद स्विट्जरल्याण्डले पुटिन सरकारको सहयोगीलाई निरन्तरता दिइरहेको छ । युक्रेनमा युद्ध भइरहेका बेला एलिनालाई स्विजरल्याण्ड पठाइएको खबर आएपछि यो निवेदन आएको हो । एलिना ७ वर्षभन्दा बढी समयदेखि रुसी सरकार समर्थित नेशनल मिडिया ग्रुपको बोर्ड अफ डाइरेक्टर्सको अध्यक्ष पनि भइन् । डेली मेलका अनुसार उनले हरेक वर्ष करिब ८ मिलियन युरो तलब पनि पाइरहेका छन् ।
एलिना सार्वजनिक स्थलमा कमै देखिने गर्छिन् । उनी अन्तिम पटक डिसेम्बर २०२१ मा मस्कोमा भएको डिभाइन ग्रेस रिदमिक जिम्न्यास्टिक प्रतियोगितामा नाच्दै थिइन् । उनले २००४ ओलम्पिकमा रिदमिक जिमनास्टमा स्वर्ण पदक जितेकी थिइन् । द गार्डियन जस्ता धेरै पत्रिकाले एलिना पुटिनकी प्रेमिका भएको दाबी गरेका छन् । तर, पुटिनले यो कुरा सार्वजनिक रूपमा स्वीकार गरेका छैनन् ।
एलिनासँग निकटताको चर्चा
पुटिन र छोराछोरीसँग एलिनाको निकटताका समाचारहरू अक्सर मिडियामा आउँछन् । एलिना एक रूसी राजनीतिज्ञ, मिडिया प्रबन्धक र सेवानिवृत्त रिदमिक जिमनास्ट हुन् । एलिना सबै समयको सबैभन्दा सफल जिमनास्ट मध्ये एक मानिन्छन् । उनले आफ्नो करियरमा २ ओलम्पिक पदक, १४ विश्व च्याम्पियनसिप र २१ युरोपियन च्याम्पियनसिप पदक जितेकी छन् ।
पुटिन गोप्य छोरीका पिता !
पुटिनको धेरै महिलासँग सम्बन्ध रहेको खबर आएको छ । जसमध्ये स्वर्ण पदक जिम्नास्ट एलिना काबेबाको नाम पहिलो नम्बरमा आउँछ । पुटिन उनकी प्रेमिका एलिना काबाएवासँग तेस्रो छोरी भएको बताइएको छ । यसको आधिकारिक पुष्टि भने भएको छैन । रुसी सञ्चारमाध्यमले १८ वर्षीया एलिजाबेथ क्रिभोनोगिखलाई पुटिनकी गोप्य छोरीको रूपमा वर्णन गरेका छन् ।
पुटिनकी गोप्य छोरीका सम्बन्धमा बेलायतको ब्राडफोर्ड विश्वविद्यालयको भिजुअल कम्प्युटिङ सेन्टरका निर्देशक प्रा. हसन उगेलले पुटिन र उनकी कथित छोरीको अनुहार यति मिल्दोजुल्दो रहेको भन्दै उनीहरु दुवै बाबु छोरी भएको कुरालाई कसैले नकार्न नसक्ने बताएका थिए ।