अमेरिकी सर्वोच्च अदालतमा ज्याक्सन बनिन् पहिलो अश्वेत महिला न्यायाधीश

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । अमेरिकी इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा अश्वेत महिला न्यायाधीश हुने भएकी छन् । अमेरिकाको सिनेटले बिहीबार केतनजी ब्राउन ज्याक्सनलाई राष्ट्रको सर्वोच्च अदालतमा पहिलो अश्वेत महिला न्यायाधीशको रूपमा अनुमोदन गरेको हो ।

ज्याक्सनले ८३ वर्षीय जस्टिस स्टीफन ब्रेयरको स्थान लिनेछन् । सिनेटमा न्यायाधीश ज्याक्सनको पक्षमा ५३ मत परेको थियो भने विपक्षमा ४७ मत परेको थियो ।

ह्वाइट हाउसकी सभामुख न्यान्सी पेलोसीले यो राष्ट्रका लागि निकै गौरवपूर्ण र देशभक्तिपूर्ण दिन भएको बताइन् ।उनले न्यायाधीश ज्याक्सनलाई सर्वोच्च अदालतमा पहिलो अश्वेत महिलाको रूपमा अनुमोदन गरेपछि इतिहास रचेको पनि बताइन् ।

हार्वर्डबाट स्नातक र कानून अध्ययन पूरा गरेकी ज्याक्सन ५१ वर्षकी छन् र कानूनको क्षेत्रमा क्लर्कको रूपमा काम गरेर आफ्नो करियर सुरु गरेकी थिइन् । उनले सन् २०१३ मा संघीय न्यायाधीश बन्नुअघि अमेरिकी सजाय आयोगमा काम गरेकी थिइन् ।

ज्याक्सनले २०१३ देखि २०२१ सम्म कोलम्बिया जिल्लाको लागि संयुक्त राज्यको जिल्ला न्यायाधीशको रूपमा पनि काम गरिसकेकी छन् ।

राष्ट्रपति जो बाइडेनले ज्याक्सनको बारेमा बोल्दै उनलाई कानूनको व्यावहारिक ज्ञान भएको र यो अनुभव अमेरिकी जनताका लागि ठूलो काम हुने बताए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us