रुसी सेनाको टाउको दुखाई बनेकी युक्रेनी महिला शार्प शूटर ‘चारकोल’
काठमाडौँ । रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण शुरु गरेपछि अहिलेसम्म पनि आक्रमण जारी रहेको छ । ६ साताभन्दा लामो रुसको यो आक्रमणमा युक्रेनको तस्वीर पूर्ण रुपमा बदलिएको छ । कैयौं शहर पूर्ण रुपमा ध्वस्त भएका छन् भने करिब ७१ लाख भन्दा बढी युक्रेनीहरु आन्तरिक रुपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
यसैबीच रुसको आक्रमण शुरु भएपछि विभिन्न पेशामा संलग्न युक्रेनीले हतियार उठाएर रुसविरुद्ध लडिरहेका छन् । खेलाडी, कलाकार, शिक्षक, विद्यार्थी सबै बर्ग र समुहले हतियार उठाएर रुसी सेनाविरुद्ध लडिरहेका छन् ।
रुसविरुद्धको यस लडाईमा महिलाहरुको पनि महत्वपूर्ण भूमिका देखिएको छ । युक्रेनी सेनाको पक्षबाट, महिलाहरूले ठूलो संख्यामा रूसी सैनिकहरूलाई लिइरहेका छन्। तीमध्ये एक ‘चारकोल’ भनेर चिनिने युक्रेनी महिला शार्पसुटरको अहिले निकै चर्चा भैरहेको छ ।
व्यक्तिगत जीवन र पहिचान उनको सुरक्षाका लागि गोप्य राखिएको ति महिलालाइ अहिले ‘चारकोल’ को नामले मिडिया र सामाजिक संजालमा भैरहेको छ । अहिले युक्रेनमा युद्धको मोर्चामा उनको साहसको कथा सुनाइने गरेको युक्रेनी मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई युक्रेनमा ‘हिरो’को रुपमा हेरिएको छ ।
‘चारकोल’ भनेर चिनिने यी युक्रेनी महिला स्नाइपर युद्धको अगाडी पुरुष सिपाहीहरूसँग काँधमा काँध मिलाएर लडिरहेकी छिन् । ‘द टाइम्स’ को रिपोर्ट अनुसार यी महिला स्नाइपरले भनेकी छिन्- ‘युक्रेनमा आक्रमण गर्ने मानिसहरू मानव भन्न लायक छैनन्, तिनीहरू फासिस्ट हुन् । हामीले तिनीहरूलाई भगाउनु पर्छ ।’
युक्रेनी मिडिया रिपोर्टका अनुसार यी युक्रेनी स्नाइपर सन् २०१७ देखि रुस समर्थक पृथकतावादीहरूसँग लड्दै आएकी थिइन् । उनले यसै वर्षको सुरुमा सेना छोडेकी थिइन् । तर रुसी आक्रमणपछि उनले आफ्नो देशको सुरक्षाका लागि फेरि हतियार उठाएकी हुन् ।
अहिले युक्रेनमा यी स्नाइपरलाई दोस्रो विश्वयुद्धकी चर्चित स्नाइपर ‘लेडी डेथ’ सँग तुलना गर्न थालेका छन् । दोस्रो विश्वयुद्धमा, लेडी डेथ भनेर चिनिने स्नाइपर लुडमिला पाभलिचेन्कोले आफ्नो गोलीले ३०० भन्दा बढी नाजी सैनिकहरूलाई निशाना बनाएकी थिइन् ।
केही दिनअघि युक्रेनी सेनाले रुसी सेनाको सबैभन्दा डरलाग्दो स्नाइपर इरिना स्टारिकोभालाई युद्धग्रस्त डोनबासबाट पक्राउ गरेको थियो । उनीमाथि स्टारिकोभामाथि ४० भन्दा बढी युक्रेनी सैनिकको हत्या गरेको आरोप छ ।
सोभियत क्षेत्रमा सुरुदेखि नै महिला स्नाइपरहरूको चर्चा हुने गर्दछ । पूर्व सोभियत संघका क्षेत्रहरूमा सुरुदेखि नै महिला स्नाइपरहरूको नाम अगाडी आइरहेको पाइन्छ । ‘लेडी डेथ’ बाहेक, १०० भन्दा बढी नाजीहरूलाई मार्ने १७ वर्षीया सिलिजाभेटा मिरोनोभ जस्ता स्निपरहरूको कथा चर्चित रहेको छ ।
अहिलेको युद्धमा पनि ठूलो संख्यामा महिला शार्प शूटरले दुवै देशका सैनिकलाई निशाना बनाउँदै आएका छन् । रुसमा महिला स्नाइपर तयार गर्न मस्को नजिकै एउटा तालिम केन्द्र स्थापना गरिएको छ ।