इमरान खानले गरे पूर्वप्रधानन्यायाधीश गुलजारलाई कामचलाउ प्रधानमन्त्रीमा प्रस्ताव

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूर्वप्रधानन्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् । जारी राजनीतिक संकटबीच पीटीआई अध्यक्षसमेत रहेका प्रधानमन्त्री खानले अहमदलाई काचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका हुन् ।

आईतबार प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपति डा. अरिफ अल्भीले पाकिस्तानको संसद् विघटन गरेका थिए । खानविरुद्धको अविश्वासको प्रस्तावलाई तल्लो सदन नेशनल एसेम्ब्लीका उपसभामुखले खारेज गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेका थिए ।

अविश्वासको प्रस्तावको खारेजी र संसद् विघटनविरुद्ध विपक्षीले सर्वोच्च अदालतमा उजुरी दिएका छन् । उजुरीबारे आज सुनुवाइ हुँदैछ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us