श्रीलंकामा आर्थिक संकट : केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् । बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भाइरहेका बेला गर्भनर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन् ।

यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए। श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ ।

खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाकोसमेत अभाव हुन थालेको छ । देशमा दैनिक १२ घन्टासम्म लोडसेडिङ हुने गरेको छ। आर्थिक संकटको विरोधमा सर्वसाधारण नागरिक सडकमा उत्रिएपछि कर्फ्यू लगाइएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us