वेपत्ता यूक्रेनी पत्रकार कीभ नजिकै मृत अवस्थामा फेला
कीभ । यूक्रेनले शनिबार फोटोग्राफर तथा वृत्तचित्र निर्माता मक्स लेविन राजधानी कीभ नजिकै मृत अवस्थामा फेला परेको जनाएको छ ।
दुई साताअघिदेखि सार्वजनिक रूपमा नदेखिएका उनलाई रुसी सेनाले हत्या गरेको आरोप यूक्रेनी राष्ट्रपतिका सहयोगी आन्दे्र यार्माकले दावी गरेका छन् ।
राष्ट्रपति सहयोगी आन्द्रे यार्माकले टेलिग्राममार्फत् जारी विज्ञप्तिमा बताए, “लेविन कीभ क्षेत्रमा मार्च १३ मा युद्ध क्षेत्रबाट हराएका थिए । उनको शव अप्रिल १ मा गुटा मेझिगिर्स्का गाउँ नजिकै फेला परेको छ ।”
टेलिग्रामको वक्तव्यमा भनिएको छ, “प्रारम्भिक अनुसन्धानबाट सशस्त्र म्याक्सिम लेविनलाई दुईवटा गोली प्रहार गरी रुसी सशस्त्र बलका सैनिकहरूले मारेका भेटिएको छ ।”
यूक्रेनले केही दिन पहिले नै युद्धको रिपार्टिङ्ग गर्ने शिलशिलामा लेविनलाई रूसी सेनाले ‘कब्जामा लिई बेपत्ता’ बनाएको बताएको थियो ।