युक्रेनी सेनाले समात्यो रुसकी खतरनाक महिला स्नाइपर, ४० जनालाई मारेको आरोप

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । रुसले पछिल्लो एक महिनादेखि युक्रेनमा लगातार आक्रमण गरिरहेको छ । रुसी आक्रमणले युक्रेनी शहरहरू अस्तव्यस्त बनाएको छ । दुई देशबीच वार्ताका लागि भएका सबै प्रयासहरुमा ठोस निष्कर्ष निस्किन सकेको छैन ।

यसैबीच, युक्रेनी सेनाले लामो समयदेखि युद्धग्रस्त डोनबासबाट खोज्दै आएकी एक रुसी स्नाइपर महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकी यी कुनै साधारण महिला होइन, रुसी सेनाको सबैभन्दा डरलाग्दो मानिने स्नाइपर इरिना स्टारिकोवा हुन् । इरिनाले हालसम्म ४० भन्दा बढी युक्रेनीलाई मारेपछि उनी युक्रेनी सेनाको खोजीको उच्च सूचीमा रहेकी थिइन् । इरिनाले अहिलेसम्म युक्रेनी सैनिकसहित महिला र बालबालिकासहित ४० जनाभन्दा बढीलाई मारिसकेको बताइएको छ । यी रुसी महिला शार्प शूटरलाई समात्नु युक्रेनी सेनाको ठूलो सफलता मानिएको छ ।

इरिना हालै लडाईको क्रममा घाइते भएपछि रुसी सेनाले उनलाई छोडेर गएका थिए । युक्रेनी सेनाले उनलाई शुरुमा चिनेन तर घाइते उनलाई उपचारको लागि अस्पतालमा पुर्यायो र उपचारको क्रममा उनको परिचय इरिनाको रुपमा खुलेको थियो ।

इरिना स्टारिकोभा सन् २०१४ देखि युक्रेनविरुद्ध लड्दै आएकी छिन् । दुई देशबीच प्रत्यक्ष लडाइँ सुरु हुनुअघि उनले पृथकतावादीहरूसँग मिलेर युक्रेनी सेनालाई निशाना बनाएकी थिइन् । युक्रेनले यी खतरनाक महिला सिपाहीको खोजी गरिरहेको थियो ।

युक्रेनी सैनिकहरूले युद्धको मैदानमा कब्जा गरेपछि सुरुमा उनलाई चिन्न सकेनन् । उनले इरिना स्टारिकोभालाई साधारण महिला सिपाही सम्झेर अस्पतालमा भर्ना गराए । तर जब उनीसँग सोधपुछ गरियो, सबै कुरा बाहिर आयो ।

इरिना युक्रेनको भित्री भागमा युद्धको मैदानमा घाइते भएकी थिइन्, त्यसपछि रुसी सेनाले उनलाई आफूसँगै राख्नु उचित ठानेनन् । रुसी सिपाहीहरूले घाइते इरिनालाई छोडेर अगाडि बढे, तर उनलाई युक्रेनी सैनिकहरुले घाइते अवस्थामा भेटाएपछि अस्पताल लगेका थिए । हाल उनको अस्पतालमा उपचार भइरहेको छ ।

युक्रेनका स्थानीय सञ्चारमाध्यमका अनुसार सर्बियाकी इरिना रुसी सेनामा भर्ना हुनुअघि एक नन (एक धार्मिक समुदायको सदस्य) थिइन् । उनका दुई छोरी पनि छन् । उनको श्रीमानसँग सम्बन्धविच्छेद भएको छ । इरिनालाई पक्राउ गरेपछि युक्रेनी सुरक्षा बलले सामाजिक सञ्जालमा पोस्ट गरेर यसको पुष्टि गरेको छ ।

रणभूमिमा महिला शक्तिको प्रयोग रुसका लागि नौलो कुरा होइन । स्नाइपर र शार्प शूटरको पनि कुरा गर्ने हो भने रुसका महिलाहरू बाँकी विश्वभन्दा धेरै अगाडि देखिन्छन् । दोस्रो विश्वयुद्धका क्रममा ‘लेडी डेथ’ भनेर चिनिने सोभियत महिला सिपाही ल्युडमिला पाभलिचेन्कोले शत्रु सेनाका ३०९ सैनिकको हत्या गरेकी थिइन् । त्यसपछि उनलाई ‘लेडी डेथ’को उपाधि दिइएको थियो ।

त्यस्तै, सन् १९४१ मा सोभियत संघमा हिटलरको आक्रमणपछि १७ वर्षीय शार्प शूटर येलिजाभेटा मिरोनोभले १०० भन्दा बढी नाजीहरूलाई मारेकी थिइन् । सोभियत संघ (वर्तमान रुस) मा महिला स्नाइपरहरू तयार गर्न मस्को नजिकै एउटा प्रशिक्षण केन्द्र बनाइएको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us