राजधानी किएभसहितका दुई शहरमा आक्रमण कम गर्ने रुसको घोषणा, युक्रेन सशंकित

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

शान्ति वार्ताका लागि ‘दुई पक्षीय विश्वास’ बढाउन भन्दै रुसले ‘नाटकीय रुपमा’ युक्रेनका दुई प्रमुख शहरमा सैन्य आक्रमण घटाउने बताएको छ । रुसले राजधानी किएभ आसपासको क्षेत्र र उत्तरी शहर चेर्निहिभमा आक्रमण कम गर्ने बताएको हो।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गरेयता पहिलोपटक शान्ति वार्तामा देखिने गरी केही सकारात्मक परिवर्तन देखिएको हो । मंगलबार टर्कीको राजधानी स्तानबुलमा वार्ता भएको थियो ।

रुसले दुई शहरमा आक्रमण कम गर्ने बताए पनि त्यो कति कम वा कस्तो आक्रमण हुने छैन भन्ने खुलाएको छैन । रुसी घोषणालाई लिएर युक्रेन भने शसंकित छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी प्रतिनिधिको वाचनमा विश्वास गर्न सकिने अवस्था नरहेको उल्लेख गरेका छन् ।

उनले मंगलबार जारी गरेको भिडियो सन्देशमा भनेका छन्, ‘हामीले संकेत सकारात्मक देखिएको भन्न सक्छौँ, तर ती संकेतको अर्थ रुसी बिस्फोट र गोलाबारी रोकिन्छ भन्ने होइन ।’

रुसले आफ्नो आक्रमण हाल युक्रेनको पूर्वी क्षेत्रमा केन्द्रित गरेको छ । राजधानी किएभको उत्तर–पश्चिममा रुसले गम्भीर धक्का बेहोरेको छ । स्तानबुलमा मंगलबार युक्रेन र रुसका अधिकारीबीच करिब तीन घण्टा वार्ता भएको थियो । त्यसबारे विस्तृत जानकारी आएको छैन ।

तर अपेक्षित समय भन्दा पहिले नै युक्रेनी वार्ता टोलीका सदस्य निस्किएकाले खासै प्रगति नभएको स्पष्ट हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us