युक्रेनमा रुसको आक्रमणमा अहिलेसम्म १३५ बालबालिकाको मृत्यु

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । रुसको युक्रेनमा आक्रमण भएको एक महिनामा १३५ बालबालिकाको मृत्यु भएको छ । युक्रेनको अभियोजक जनरलको कार्यालयले युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि अहिलेसम्म १३५ बालबालिकाको मृत्यु भएको र १८४ जना घाइते भएको बताएको छ ।

हालैको हताहतको बारेमा अपडेट दिँदै अधिकारीहरूले लुहान्स्क क्षेत्रको रुबिझ्ने सहरमा भीषण लडाइँमा पछिल्लो पटक दुई बालबालिकाको मृत्यु भएको बताएका छन् ।

त्यस्तै बिहीबार, रूसी गोलाबारी पछि, डोनेट्स्क क्षेत्र, नोभोमीखाइलिभकामा ६ र १३ वर्षका दुई बालबालिका घाइते भएको बताइएको छ ।

अभियोजकहरूले १३, १४ र १५ वर्ष किशोरहरु जापोरिझिया क्षेत्रको ओबिल्नेमा घाइते भएको बताएका छन् । उनीहरुलाई मेलिटोपोल अस्पताल लगिएको थियो जहाँ एकको अवस्था गम्भीर रहेको सघन उपचार कक्षमा रहेको उनीहरुले बताएका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us