रुस–युक्रेन युद्धको एक महिना : ७ देखि १५ हजार रुसी सैनिक मारिए, २० लाख युक्रेनीले देश छोडे

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध सुरु भएको एक महिना पूरा भएको छ । रुसले गत प्रेब्रुअरी २४ का दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । युद्ध सुरु भएको एक महिनाको अवधिमा युक्रेनमा सात देखि १५ हजार रुसी सैनिक मारिएको दाबी उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)ले गरेको छ ।

नेटोका वरिष्ठ अधिकारीका अनुसार युद्धमा मारिने तथा घाइते हुने रुसी सैनिकको संख्या ३० हजार देखि ४० हजार रहेको छ । रुसले मार्च २ पछि युक्रेनसँगको युद्धमा आफ्ना कति सैनिक मारिए तथा घाइते भएका छन् भन्ने सार्वजनिक गरेको छैन । रुसले अफगानिस्तानमाथि १० वर्ष कब्जा गर्दा १५ हजार रुसी सैनिक मारिएका थिए ।

युक्रेनले पनि युद्धमा आफ्ना कति नागरिक तथा सैनिकको मुत्यु भयो भन्नेमा स्पष्ट हुन सकेको छैन । युक्रेनका राष्ट्रपतिले करिव दुई साताअघि युद्धमा एक हजार ३०० युक्रेनी सैनिक मारिएको जनाएका थिए ।

युद्धका कारण हालसम्म २० लाखभन्दा बढी युक्रेनीले देश छोडेको जनाइएको छ । उनीहरु छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us