चीनमा विमान दुर्घटना : १३२ जना नै जीवित भेटिएनन्

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

चीनको दक्षिणी पहाडी क्षेत्रमा भएको विमान दुर्घटनामा कोही पनि बाँच्न सफल नभएको उद्धारकर्मीले बताएका छन् । अनुसन्धानबाट पनि अहिलेसम्म १३२ जना सवार विमान किन र कसरी दुर्घटनाग्रस्त भयो भन्ने खुलेको छैन ।

गएको सोमबार स्थानीय समय अनुसार दिउँसो २ बजेतिर १३२ जना सवार चिनियाँ विमान दुर्घटनामा परेको थियो ।

१२३ जना यात्रु र चालकदलका ९ सदस्यसहितको चाइना इस्टर्न बोइङ ७३७ चीनको दक्षिणी प्रान्त ग्वाङ्सीमा दुर्घटनाग्रस्त भएको थियो । स्थानीय बासिन्दाले विमान सिधै तल खसेको देखेको बताएका थिए ।

८ हजार ८६९ मिटरको उचाइमा रहेका बेला विमान दुर्घटनामा परेको हो । त्यसका कारण वन क्षेत्रमा आगलागी समेत भएको थियो ।

युनान प्रान्तको कुनमिङबाट स्थानीय समय अनुसार दिउँसो सवा १ बजेतिर उडान भरेको विमान दिउँसो ३ बजेर सात मिनेट जाँदा ग्वान्झाउ पुग्ने तालिका थियो । तर बिचै विमान दुर्घटनामा परेको हो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us