जेलेन्स्कीको अमेरिकी कांग्रेसमा सम्बोधन- रुसले हाम्रो स्वतन्त्रताको विरुद्धमा मिसाइल आक्रमण गर्यो

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधवार अमेरिकी कांग्रेसमा सम्बोधन गरेका छन् । अमेरिकी सांसदहरूलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनका शहरहरु मात्र ध्वस्त नगरेर युक्रेनीका मूल्यमान्यता, आधारभूत मानवीय मूल्यविरुद्धको क्रूर आक्रमण गरेको बताएका छन् ।

उनले भने- ‘रूसले हामी मात्र होइन, हाम्रो भूमि मात्र होइन, हाम्रा सहरहरूमा मात्रै आक्रमण गरेको छैन । यसले हाम्रा मूल्यमान्यता, आधारभूत मानवीय मूल्यहरू विरुद्धको क्रूर आक्रमण गरेको छ ।

राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनीको स्वतन्त्रताको विरुद्धमा ट्याङ्क र मिसाइलले आक्रमण गरेको बताउदै आम जनताको खुशीको चाहनाको विरुद्धमा आक्रमण गरेको बताए । उनले भने- ‘रुसले हाम्रो स्वतन्त्रताको विरुद्धमा, हाम्रो आफ्नै देशमा स्वतन्त्र रूपमा बाँच्ने अधिकारको विरुद्धमा, हाम्रो आफ्नै भविष्य रोज्ने अधिकारको विरुद्धमा ट्याङ्क र विमानहरू फ्याँक्यो । अमेरिकीहरुले देखेको सपना जस्तै रुसले हाम्रो खुशीको चाहनाको विरुद्धमा, हाम्रो राष्ट्रिय सपनाको विरुद्धमा आक्रमण गर्यो ।’

जेलेन्स्कीले रुसको अहिलेको युक्रेनमाथिको आक्रमणलाई दोस्रो विश्वयुद्धमा पर्ल हार्बर र २००१ मा वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणसँग तुलना गरेका थिए ।

साथै राष्ट्रपति जेलेन्स्कीले सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपतिलाई विश्वमा शान्तिको नेता बन्न आग्रह गर्दै रुसी आक्रमणलाई रोक्न थप प्रयास गर्न आग्रह गरेका थिए ।

राष्ट्रपति जेलेन्स्कीको सम्बोधनपछि सबै अमेरिकी सांसदहरु आआफ्नो सिटबाट उठेर उनको सम्मान गरेका थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us