पञ्जाबको नयाँ मुख्यमन्त्री बने भगवन्त मान, भगत सिंहको गाउँमा लिए शपथ

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । भारतको पञ्जाब राज्यमा आम आदमी पार्टीका नेता भगवन्त मानले आज मुख्यमन्त्रीको शपथ लिएका छन् । मानले पञ्जाबको नवानसहरस्थित भगत सिंहको जन्मभूमि खटकर कलानमा आयोजित शपथ ग्रहण समारोहमा शपथ लिएका हुन् ।

मानलाई राज्यपाल बनवारीलाल पुरोहितले पद तथा गोपनियताको शपथ गराएका थिए । मानले पञ्जाबी भाषामा भगवानको नाममा शपथ लिएका थिए । यससँगै प्रदेशको १७औं मुख्यमन्त्री हुन् । बुधबार मानले मात्र शपथ लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

उक्त अवसरमा खटकर कलानमा ठूलो संख्यामा मानिसहरु पुगेका थिए । धेरैले पहेँलो पगडी र पहेँलो दुपट्टा लगाएका थिए, जसलाई भगवन्त मानले अपील गरेका थिए ।

उनले भगत सिंहको पहेँलो पगडीलाई ध्यानमा राखेर यस्तो अपील गरेका हुन् । भगवन्त मान आफै पनि पहेँलो पगडी लगाउँछन् ।

शपथ ग्रहण कार्यक्रममा आम आदमी पार्टीका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल उपस्थित थिए ।

पञ्जाब विधानसभा चुनावमा आम आदमी पार्टीले पूर्ण बहुमत ल्याएको छ । मार्च १० मा भएको नतिजामा पार्टीले पञ्जाबमा ११७ सिटमध्ये ९२ सिट जितेको थियो । योसँगै कांग्रेसले १८, भाजपाले २ र अकाली दलले ३ सिट पाएका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us