रुसी टेलिभिजनमा युद्ध विरोधी प्रदर्शन गर्ने पत्रकार रिहा
सरकार नियन्त्रित टेलिभिजनमा समाचार प्रशारण भइरहँदा युद्ध विरोधी प्लेकार्डसहित प्रदर्शन गरेकी तथा युद्ध विरोधी भिडियो बनाएकी रुसी पत्रकार रिहा भएकी छन् । उनी जरिवाना तिरेर रिहा भएकी हुन् ।
रुसको सरकार नियन्त्रित च्यालन १ की मारिना ओभ्सिएनिकोभाले सोमबार बेलुकाको समाचार प्रशारण भइरहेका बेला प्लेकार्डसहित प्रदर्शन गरेकी थिइन् । उनले रुसले युक्रेनमा गरिरहेको युद्धको विरोधमा भिडियो पनि बनाएकी थिइन् ।
उनलाई त्यसपछि पक्राउ गरिएको थियो । आफूलाई १४ घण्टासम्म सोधपुछ गरिएको उनले बताएकी छन् । दुई दिनसम्म आफू सुत्न नपाएको र कानुनी सहयोगका लागि पनि पहुँच नदिइएको पत्रकार मारिनाले बताएकी छन् ।
आफू २८० अमेरिकी डलर जरिवाना तिरेर रिहा भएको उनले भिडियो सन्देशमा उल्लेख गरेकी छन् । उनी गैरकानुनी सार्वजनिक कार्यक्रम गरिएको आरोपमा दोषी ठहरिएकी छैनन् ।
उनले भिडियो सन्देशमा रुसी नागरिकसँग युद्ध विरुद्ध प्रदर्शन गर्न अपिल गरेकी छन्। सत्तामा रहेका नेतृत्वको ‘पागलपन’ रोक्नका लागि नागरिकले प्रदर्शन गर्नु पर्ने भन्दै उनले सबैलाई नियन्त्रणमा लिन नसक्ने भएकाले नडराउन उनले आग्रह गरेकी छन् ।