साउदी अरबद्वारा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

प्रतिनिधि तस्बीर

रियाद । साउदी अरबले शनिबार आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएकोे छ । यो राज्यमा गत वर्षको मृत्युदण्डको कूल सङ्ख्याभन्दा बढी हो ।

“उनीहरू सबैलाई ‘घोर अपराध गरेकोमा दोषी ठहर गरिएको थियो,” साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए)ले जानकारी गराएको छ । उनीहरू इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना र अल–कायदासँग सम्बद्ध रहेको मानिएका कैदीहरू सहित ‘आतंकवादी संगठनहरू’ मा आवद्ध रहेको जनाइएको छ ।

अदालतका अनुसार उनीहरूले महत्वपूर्ण आर्थिक स्थलहरूमा आक्रमण गर्ने योजना बनाएका, सुरक्षा बलका सदस्यहरूलाई निसाना बनाएका वा हत्या गरेका र देशभित्र हतियार लुकाएका अदालतको फैसलामा जनाइएको एसपिएले उल्लेख गरेको छ । ८१ जनामध्ये ७३ साउदी नागरिक, सात यमनी र एक सिरियाली नागरिक थिए ।

एसपीएका अनुसार मृत्युदण्ड पाएका सबैलाई साउदी अदालतमा मुद्दा लगाइएको थियो र प्रत्येक व्यक्तिको लागि तीन अलग–अलग चरणमा १३ जना न्यायाधीशले मुद्दामाथि सुनुवाई गरेका थिए ।
तेलका लागि विश्वकै धनी खाडी मुलुकमा विश्वकै सबैभन्दा धेरै मृत्युदण्ड दर छ ।

शनिबारको फैसलाले एक दिनमा राज्यमा यस पहिले उच्च रेकर्ड गरिएको सबैभन्दा धेरै मृत्युदण्ड र सन् २०२१ को कूल ६९ मृत्युदण्डलाई पनि पछि पारेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us