उत्तर कोरियाले दुई अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको अमेरिकाको दाबी
उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको अमेरिकाले बताएको छ । उत्तर कोरियाले हालै नयाँ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको र यसले तनाव बढाएको अमेरिकाले बताएको छ ।
उत्तर कोरियाले पछिल्लोपटक मार्च ४ र फेब्रुअरी २६ मा मिसाइल परीक्षण गरेको थियो । ती मिसाइल अन्तरमहादेशीय रहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।
उत्तर कोरियाले परीक्षण गरेको आइसिबिएमले ५ हजार ५०० किलोमिटरसम्मको यात्रा तय गर्न सक्छन् । यसको अर्थ उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने छ ।
रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले बिहीबार उत्तर कोरियाले हालै परीक्षण गरेका दुई मिसाइल आइसिबिएम रहेको बताएका हुन् ।