विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या आधिकारिक भन्दा तेब्बर बढी : अध्ययन
कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या आधिकारिक तथ्यांक भन्दा तेब्बर रहेको अनुसन्धानकर्ताले बताएका छन् ।
कोभिड–१९ बाट विश्वभर अहिलेसम्म एक करोड ८० लाख मानिसको मृत्यु भएको अनुसन्धानमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमणलाई महामारी घोषणा गरेको दुई वर्ष पुगेको सन्दर्भमा प्रतिवेदन सार्वजनिक भएको हो ।
अमेरिकाको वासिङ्गटन विश्वविद्यालयले विश्वका १९१ देशमा गरेको अध्ययनको प्रतिवेदनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या आधिकारिक तथ्यांक भन्दा तेब्बर भन्दा बढी रहेको उल्लेख गरिएको हो ।
केही मृत्युहरु भाइरसका कारण भएको हो भने अरु संक्रमणसँग सम्बन्धित रहेको उल्लेख छ। डब्लुएचओका अनुसार अहिले विश्वभर कोभिड–१९ का कारण ६० लाख १९ हजार ८५ जनाको मृत्यु भएको छ ।