अमेरिकाको दाबी- युक्रेनमा अहिलेसम्म करिब ६ हजार रुसी सैनिकको मृत्यु

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । अमेरिकाले युक्रेनमा करिब ६ हजार रुसी सेनाको मृत्यु भएको दाबि गरेको छ ।

अमरिकी सरकारले विगत दुई हप्तादेखि जारी युद्धमा करिब ५ देखि ६ हजार रुसी सैनिकको मृत्यु भएको खुफिया रिपोर्टको आधारमा अनुमान गरेको जनाएका हुन् ।

साथै अमेरिकाले यस द्वन्द्वमा झण्डै १५ हजारदेखि १८ हजार रुसी सैनिक घाइते भएको पनि बताएको छ । यद्यपि, यो तथ्याङ्क अनुमानमा आधारित छ कि घाइतेको संख्या सामान्यतया मृत्युको संख्या भन्दा तीन गुणा बढी हुने गर्दछ ।

अर्को तर्फ युक्रेनले द्वन्द्वमा १२ हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ भने २०० भन्दा बढी रुसी सैनिकलाई पक्राउ गरेको जनाएको छ । युक्रेनको दाबिलाई स्वतन्त्र रुपमा पुष्टि भने गर्न नसकिने अवस्था रहेको छ ।

अर्को तर्फ रुसले भने अहिलेसम्म आधिकारिक रुपमा गत हप्ता युक्रेनमा आफ्ना ५०० सैनिक मारिएको बताएको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us