भारतको पाँच प्रदेशको मत गणना सम्पन्न: कुन पार्टीले कति सिट जिते ?

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । भारतको पाँच राज्यको विधानसभा चुनावको तस्विर स्पष्ट भएको छ । उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुरमा भाजपाले ठूलो बहुमत ल्याएको छ भने गोवामा भाजपा सबैभन्दा ठूलो दल बनेको छ । त्यस्तै पञ्जाबमा आम आदमी पार्टीले ऐतिहासिक जित हासिल गरेको छ ।

उत्तर प्रदेश

भाजपाले उत्तर प्रदेशको ४०३ विधानसभा सिटमध्ये २७३ सिटमा जितेको छ । यसअघि २०१७ मा ३२५ सिटमा जितेको भाजपाले यस चुनावमा ५२ सिट कम जितेको छ ।

त्यस्तै समाजवादी पार्टीले १२५ सिट जितेको छ भने अघिल्लो चुनावको भन्दा ७७ सिट बढी जितेको छ ।

त्यस्तै काँग्रेसले केवल २ सिटमा मात्र जित हासिल गरेको छ भने बहुजन समाजवादी पार्टीले केवल एक सिटमा जित हासिल गरेको छ ।

भाजपाले उत्तर प्रदेशमा ४१ प्रतिशत मत पाएको छ । अर्कोतर्फ समाजवादी पार्टीले करिब ३५ प्रतिशत मत पाएको छ ।

उत्तराखण्ड

उत्तराखण्डको ७० सिटमध्ये भाजपाले ४७ सिटमा जितेको छ । त्यसैगरी कांग्रेसले १९ सिट जितेको छ भने अन्यले ४ सिटमा जित हासिल गरेको छ ।

त्यस्तै भाजपाले ४४ प्रतिशत मत पाएको छ भने कांग्रेसले ३८ प्रतिशत मत प्राप्त गरेको छ ।

मणिपुर
भाजपाले मणिपुरको ६० मध्ये ३२ सिट जितेको छ । कांग्रेसले ५, एनपीपले ७ सिट जितेको छ भने एनपीएफले ५ सिट जितेको छ । त्यस्तै मणिपुरमा अन्यले ११ सिट जितेका छन् । यस प्रदेशमा भाजपाले करिब ३८ प्रतिशत, कांग्रेसले १७ प्रतिशत र एनपीपीले १७ प्रतिशत मत प्राप्त गरेको छ ।

गोवा

भारतीय जनता पार्टी (भाजपा) ले गोवामा ४० मध्ये २० सिट जितेको छ । कांग्रेसले १२, आम आदमी पार्टीले २ सिटमा जित हासिल गरेको छ । त्यस्तै टिएससीसहित लगायतका दलहरुले २ सिट र अन्यले ४ सिटमा जित हासिल गरेका छन् ।

भाजपाले ३३ प्रतिशत मत पाएको छ । कांग्रेसले २५ प्रतिशत र आपले करिब ७ प्रतिशत मत पाएको छ ।

पञ्जाव

आम आदमी पार्टीले ११७ सदस्यीय पञ्जाव विधान सभामा ९२ सिटमा जित हासिल गरेको छ । २०१७ को निर्वाचनमा आम आदमीले २० सिटमा जित हासिल गरेको थियो । आम आदमीले कुल ४२ प्रतिशत मत पाएको छ ।

त्यस्तै हाल सरकारमा रहेको काँग्रेसले १८ सिटमा जित हासिल गरेको छ । यस अघि २०१७ मा काँग्रेसले ७७ सिट जितेको थियो । काँग्रेसले २३ प्रतिशत मत पाएको छ ।

त्यस्तै भाजपाले पञ्जावमा २ सिटमा जित हासिल गरेको छ भने यस अघि २०१७ मा ३ सिटमा जित हासिल गरेको थियो ।

त्यस्तै २०१७ मा १५ सिट जितेको अकाली दलले अहिलेको निर्वाचनमा ४ सिट जितेको छ । त्यस्तै अन्यले एक सिट जितेका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us