यून सुक–येओल दक्षिण कोरियाको राष्ट्रपति निर्वाचित
३ वर्षs अगाडि
डायस्पोरा नेपाल
दक्षिण कोरियाको नयाँ राष्ट्रपतिमा विपक्षी नेता यून सुक–येओल विजयी भएका छन् । कडा प्रतिस्पर्धा देखिएको चुनावमा कन्जरभेटिभ पार्टीका यूनले डेमोक्र्याटिक पार्टीका ली जाए–मिउङलाई पराजित गरेका हुन् ।
यूनले वर्गीय असमानताविरुद्ध लड्ने बताउँदै आएका छन् । दक्षिण कोरियाको इतिहासमा यो चुनाव निकै प्रतिस्पर्धात्मक देखिएको हो। अन्तिम परिणाम आउँदा यून र लीबीचको मतान्तर एक प्रतिशतभन्दा कम देखिएको छ ।
राष्ट्रपतिमा विजयी भएका यूनले आफ्नो प्राथमिकता जनताको जनजीविका र सामाजिक सुरक्षामा हुने आफ्ना समर्थकलाई सम्बोधन गर्दै बताएका छन्। बुधबार भएको मतदानमा ७७ प्रतिशतले मतदान गरेका थिए ।