बाँचेनन् सुँगुरको मुटु प्रत्यारोपण गरिएका बेनेट
आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु सफल प्रत्यारोपण गरिएका विश्वका पहिलो व्यक्तिको निधन भएको छ । अमेरिकाका डेविड बेनेट नाम गरेका व्यक्तिमा आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु दुई महिना पहिले सफल प्रत्यारोपण गरिएको थियो ।
केही दिनअघिदेखि उनको अवस्था कमजोर हुँदै गएको थियो। बाल्टिमोरमा उपचारका क्रममा ५७ वर्षीय बेनेटको मंगलबार (मार्च ८) मा निधन भएको चिकित्सकले बताएका छन् ।
आनुवंशिक रुपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गरिएका उनी विश्वको पहिलो व्यक्ति थिए । गएको जनवरीमा शल्यक्रियामार्फत मुटु प्रत्यारोपण गरिएको हो । डेविडमा परीक्षणस्वरुप आनुवंशिक रुपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो ।
डेविडको जीवन रक्षाका लागि एकमात्र अन्तिम विकल्प प्रत्यारोपण रहेको थियो । तर पनि प्रत्यारोपण गरिएको मुटुले उनलाई कति लामो जीवन दिन्छ भन्ने स्पष्ट थिएन । उनलाई सो कुरा जानकारी थियो ।
आनुवंशिक रुपमा परिमार्जित सुँगुरको मुटु बेनेटमा प्रत्यारोपण गर्नका लागि युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकलाई विशेष अनुमति दिइएको थियो ।