चिनियाँ र पाकिस्तानी विदेशमन्त्री फोनवार्ता
बेइजिङ । चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साश मोहमद कुरेसीबीच फोनवार्ता भएको बताइएको छ ।
उनीहरूका बीचमा मंगलबार फोनमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले हालै पाकिस्तानको पेसावरमा भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेकाे बताइएको छ ।
त्यस्तै उहाँहरूका बीचमा चीन पाकिस्तान द्विपक्षीय सम्बन्धका साथै अन्य सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।
त्यस वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै गरेकाे चीन भ्रमण र त्यहाँ उनले बेइजिङ ओलम्पिकमा सहभागी भएका विषयमा पनि कुराकानी भएको थियो ।