युक्रेन छाडेर बाहिरिनेहरुको संख्या २० लाख पुग्यो

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ- रुसी आक्रमणमा परेको युक्रेनबाट बाहिरिनेहरुको संख्या मंगलबारसम्म २० लाख पुगेको राष्ट्रसंघले जानकारी गराएको छ । शरणार्थीहरुका लागि राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीका अनुसार यो दोस्रो विश्वयुद्धपछि युरोपमा एकैपटक सबैभन्दा ठूलो संख्यामा देखिएका शरणार्थीहरु हुन् ।

बिबिसीका अनुसार ठूलो संख्यामा शरणार्थीहरु छिमेकी मुलुक पोल्यान्ड पुगेका छन्। पोलिस अधिकारीहरुले भने शरणार्थीहरुका लागि युरोपेली युनियनले दिएको रकम अपुग भएको बताएका छन् ।

पोल्यान्डका सहायक विदेशमन्त्री पाबेल ज्याब्लोन्स्कीका अनुसार युरोपेली युनियनले युक्रेनी शरणार्थीहरुलाई मद्दत गर्न ५०० मिलियन युरो दिए पनि त्यो अपुग भएको बताएका हुन् । युक्रेनबाट बाहिरिने २० लाख शरणार्थीहरुमध्ये १२ लाख पोल्यान्ड पुगेका छन् ।

उता युक्रेनको राजधानी किभभन्दा पश्चिममा रहेको सहर इर्पिनबाट पनि बासिन्दाहरुलाई निकाल्न थालिएको छ । इर्पिनमा रुसले लगातार ६ घन्टासम्म नागरिकहरुलाई लक्षित गर्दै गरेको बम आक्रमणले युद्धका सामान्य सिद्धान्तसमेत भुलेको भन्दै आलोचना गरिएको छ ।

हुमन राइट्स वाच (एचआरडब्लु)को विश्लेषणअनुसार इर्पिनमा रुसी सेनाले आइतबार गरेको आक्रमणमा युद्धका नियमको अवज्ञा गरिएको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us