रुस आक्रमणका बिच पहिलो पटक कार्यालयमा देखिए जेलेन्स्की, भने- ‘म कसैसँग डराउदिन’

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । रुसको आक्रमण सुरु भएपछि पहिलो पटक युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पहिलो पटक कीभस्थित आफ्नो कार्यालयमा देखिएका छन् । राष्ट्रपति जेलेन्स्की फेब्रुअरी २४ मा रूसी आक्रमण सुरु भएदेखि पहिलो पटक कीभस्थित राष्ट्रपति कार्यालयमा देखिएका छन् ।

राष्ट्रपति जेलेन्स्की फेब्रुअरी २४ मा रूसी आक्रमण सुरु भएदेखि पहिलो पटक कीभस्थित राष्ट्रपति कार्यालयमा देखिएका हुन् । यसअघि अज्ञात स्थलबाट भिडियो सन्देश जारी गरिरहेका जेलेन्स्कीले सोमबार साँझ भने आफ्नो कार्यालयमा पुगेर भिडियो सन्देश जारी गरेका छन् ।

आफ्नो फेसबुक पेजमा पोस्ट गरिएको संक्षिप्त भिडियोमा जेलेन्स्कीले आफु लुकेर नबसेको भन्दै आफु कसैसँग नडराउने बताएका छन् । उनले भने- ‘हामी भन्थ्यौं, सोमबार एक कठिन दिन हो, देशमा युद्ध छ त्यसैले हरेक दिन सोमबार हो, र अब हामी प्रत्येक दिन र हरेक रात यस्तै हो भन्ने तथ्यमा अभ्यस्त छौं ।’

जेलेन्स्कीले रुसी आक्रमणमा ज्यान गुमाएका ९६ युक्रेनी नायकहरुलाई राज्य पुरस्कार प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेका थिए ।

त्यस्तै जेलेन्स्कीले रुसी सेनाले पश्चिममा रहेको मकारिभको रोटी कारखानामा आक्रमण गरेकोमा रुसको आलोचना गरेका थिए । उनले भने- ‘यसको बारेमा सोच्नुहोस्, पाउरोटी कारखानामा आगो किन लगाइदैछ, यस्तो तिमीहरुले नै गर्नसक्छौं ।’

जेलेन्स्कीले देशको दक्षिणी भागमा राष्ट्रिय आन्दोलनले रुसको लागि ‘दुःस्वप्न’ सिर्जना गरेको बताउदै भनेका छन्- ‘हामी ट्याङ्क र मेसिनगनसँग डराउँदैनौं । प्रतिरोधको हरेक दिनले युक्रेनलाई देशको भविष्यको ग्यारेन्टी गर्न बलियो स्थितिमा पुर्याएको छ र युक्रेनले रूसी सेनाले गोलाबारी र बम प्रहार गरेको सबै चीजको पुनर्निर्माण गर्नेछ ।’

उनले युक्रेनले आक्रमणकारीद्वारा ध्वस्त भएका शहरहरूलाई रूसको कुनै पनि सहरभन्दा राम्रो बनाउने समेत बाचा गरे ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us