फ्रान्स र जर्मनीका नेताले चिनियाँ राष्ट्रपति सीसँग संयुक्त वार्ता गर्दै, युक्रेन युद्ध प्रमुख मुद्दा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र जर्मन चान्स्लर ओलाफ स्कोल्जले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग संयुक्त वार्ताको तयारी गरेका छन् । उनीहरुले संयुक्त रुपमा सीसँग मंगलबार टेलिफोन वार्ताको तयारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युरोपियन नेताहरुले युक्रेनमा रुसी आक्रमणलाई लिएर स्पष्ट धारणा बनाउन दिइएको दबाबलाई टेलिफोन संवादको तयारीले थप स्पष्ट पारेको हो । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ । चीनले स्पष्ट रुपमा रुसको वा युद्धको विरोध गरेको छैन ।

उसले युद्ध जारी रहँदा पनि शान्तिपूर्ण रुपमा तनावको समाधान गर्नु पर्ने बताउँदै आएको छ । सोमबार भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ्ग यीले चीन रुस–युक्रेन वार्ताका लागि रचनात्मक भूमिका निर्वाह गर्न तयार रहेको बताएका थिए ।

सोमबार युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरिलले चिनियाँ विदेशमन्त्री वाङ्गसँग कुराकानी गरेका थिए । युक्रेन युद्ध सुरु भएयता उनीहरुबीच दोस्रोपटक कुराकानी भएको हो ।

चीनले युक्रेनमा भएको आक्रमणप्रति दुःख व्यक्त गरे पनि आफ्नो विदेश नीति अनुसार नै रुससँगको साथ छोड्न चाहेको छैन । रुसलाई आक्रमण रोक्न र मानवीय सहायताको मार्ग स्थापित गर्न चीनको भूमिका महत्वपूर्ण हुन सक्ने बताउने गरिएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us