जेलेन्स्कीको विश्वलाई भावुक अपिल- के तपाईहरु हामीलाई क्रमशः मारियोस् भन्ने चाहनुहुन्छ ?

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विश्वका नेताहरुमाथि दबाब बढाउदै लागेका छन् । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले विश्व नेताहरूलाई युक्रेनमा नो फ्लाई जोन बनाउन अपिल दोहोर्‍याएका हुन् ।

राष्ट्रपति जेलेन्स्कीको यसअघिको युक्रेनलाई नो फ्लाई जोन बनाउने अपिललाई नेटो देशले अस्वीकार गरेका थिए ।

जेलेन्स्कीले मानिसहरूलाई बचाउनु विश्व नेताहरूको मानवीय दायित्व भएको बताउदै उनीहरुले चाहेमा युक्रेनीलाई बचाउन सक्ने बताए ।

उनले भनेका छन्-‘यदि तपाईहरुले यसो नगरेमा र आफ्नो सुरक्षाका लागि हामीलाई लडाकु विमान पनि नदिएमा एउटा मात्र निष्कर्ष निकाल्न सकिन्छ र त्यो हो तपाई हामीलाई पनि क्रमशः मारियोस् भन्ने चाहनुहुन्छ ।’

नेटो देशहरूले हालसम्म युक्रेनमा नो-फ्लाई जोन सिर्जना गर्न अस्वीकार गर्दै आएका छन् । यदि यसो भयो भने, युक्रेनमाथि उडान गर्ने कुनै पनि रूसी विमानले नाटोलाई अवरोध गर्नुपर्नेछ । यस्तो अवस्थामा आवश्यक परे रुसी विमान खसाल्नुपर्नेछ ।

नाटो देशहरूले यसबाट रुससँग नेटो राष्ट्रहरूको प्रत्यक्ष द्वन्द्व सुरु हुने बताएका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us