युक्रेनको मारिउपोलमा नयाँ युद्धविराम, रेडक्रसको नेतृत्वमा उद्धार कार्य जारी
काठमाडौँ । युक्रेनको मारिउपोलमा नयाँ युद्धविरामको घोषणा गरिएको छ । यसअघि शनिबार रुसले युद्धविरामको घोषणा गरेपनि गोलिबारी नरोकेको भन्दै युक्रेनी पक्षले उद्धार गर्न नसकिने बताएको थियो ।
मारिउपोल शहर काउन्सिलले स्थानीय समय अनुसार बिहान १० बजेदेखि शहरमा युद्धविराम घोषणा गरिएको जनाएको छ । शहरबाट बाहिर जान चाहनेहरुका लागि रेडक्रसको नेतृत्वमा उद्धार गरिने काउन्सिलले जनाएको छ ।
नागरिकहरूले जापोरिझ्झियामा समाप्त हुने पूर्व-सहमत मार्ग प्रयोग गरेर शहरका तीनवटा साइटहरूबाट छुट्ने बसहरूमा मारिउपोल शहर छोड्न सक्ने अधिकारीहरूले बताएको बिबिसीले उल्लेख गरेको छ ।
उद्धारका क्रममा निजी सवारीहरू पनि सामेल हुन सक्छन्, तर रेडक्रसको नेतृत्वमा रहेको बसहरूको पछाडि चलाउन सकिने जानकारी दिइएको छ । ड्राइभरहरूले आफ्नो कारमा सबै सीटहरू भर्नुपर्ने निर्देशन दिइएको छ ।
यसअघि शनिबार मोरिउपोल रबोल्नोभाख शहरको लागि घोषणा गरिएको भएपनि त्यो लागु नहुदा उद्धार कार्य रोकिएको थियो ।