बाइडेन र जेलेन्स्कीबीच टेलिफोन वार्ता, युक्रेन–रुस वार्ताको मध्यस्थता प्रयासमा इजरायल

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Getty Image

अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीबीच टेलिफोन वार्ता भएको छ । रुसले युक्रेनमाथि गएको महिनाको अन्तिम (फेब्रुअरी २४) मा आक्रमण थालेपछि जेलेन्स्की लगातार विश्वका विभिन्न देशका नेताहरुसँग निरन्तर वार्तामा छन् ।

बाइडेनसँगको टेलिफोन संवादको क्रममा युक्रेनको हालको सुरक्षा अवस्था तथा सुरक्षा एवम् आर्थिक सहायताका सम्बन्धमा छलफल भएको जेलेन्स्कीले ट्वीटमार्फत जानकारी दिएका छन् । आफूहरुको संवादमा रुसमाथि थप प्रतिबन्ध लगाउने सम्बन्धमा पनि छलफल भएको उनले उल्लेख गरेका छन् ।

टेलिफोन वार्तामा बाइडेनले आफ्नो प्रशासन युक्रेनलाई सुरक्षा, मानवीय तथा आर्थिक सहायता थप गर्न प्रतिबद्ध रहेको बताएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

बाइडेनले थप सहयोग सुनिश्चित गर्न आफ्नो प्रशासनले सदनसँग सहकार्य गरिरहेको पनि उल्लेख गरेका छन् । बाइडेनले भिजा र मास्टरकार्डले आफ्नो सेवा रुसमा बन्द गर्ने निर्णय गरेको भन्दै त्यसको स्वागतसमेत गरेका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले इजरायलका प्रधानमन्त्रीसँग पनि टेलिफोन संवाद गरेका छन् । इजरायल अमेरिकाको निकट सहयात्री भए पनि प्रधानमन्त्री नाफ्टाली बेनेट्टले रुससँगको सम्बन्ध बिगार्न चाहेका छैनन् ।

बेनेट्टले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टा लामो संवाद गरेपछि जेलेन्स्की र उनीबीच टेलिफोन वार्ता भएको हो।जेलेन्स्कीको आग्रहमा इजरायलले युक्रेन–रुस वार्ताका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us