पाकिस्तानको पेशावरमा मस्जिदमा विस्फोट, ३० जनाको मृत्यु

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । पाकिस्तानको पेशावरमा शुक्रबारको प्रार्थनाका क्रममा आत्मघाती बम आक्रमणमा परी करिब ३० जनाको मृत्यु भएको छ ।

सोही क्रममा ५० जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानी जियो न्यूजका अनुसार पेशावरको कोचा रिसालदार क्षेत्रको किसा ख्वानी बजारमा रहेको मस्जिदमा विस्फोट भएको हो ।

पेशावर प्रहरीका अनुसार दुई आक्रमणकारीले सहरको किस्सा ख्वानी बजारमा रहेको मस्जिदमा प्रवेश गर्ने प्रयास गरे र त्यहाँ उभिरहेका प्रहरीमाथि गोली प्रहार गरे। जसमा एक प्रहरीको मृत्यु भएको छ भने अर्का प्रहरी गम्भीर घाइते भएका छन् । आक्रमणपछि मस्जिदमा विस्फोट भएको थियो ।

उद्धार टोलीले घाइतेलाई यहाँको लेडी रिडिङ अस्पताल पुर्‍याइरहेको छ । स्थानीयले पनि घाइतेलाई मोटरसाइकल र कारमा राखेर अस्पताल पुर्याएका थिए । प्रहरी र सुरक्षा टोलीले क्षेत्रलाई घेराबन्दी गरेको छ । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ताले बताको जियो न्यूजले उल्लेख गरेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us