रसियन युक्रेन युद्धः पुटिनको ठूलो आरोप, युक्रेनी सेनाले बन्धक बनाए ३००० भारतीय छात्रलाई

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Aajtak

रुस र युक्रेनको बीच लडाईको आज ९ औैं दिन हो । बिहीबार रुसी राष्ट्रपतिले सम्बोधन गर्दै सनसनीखेज आरोप लगाउँदै भने कि युक्रेनी सेनाले भारतीय र चीनी समेत दोश्रो देशका नागरिकहरुलाई बन्धक बनाएका छन् । त्यसको सैनिकले आम नागरिकलाई ढाल बनाएका छन् जबकी रुसी सेना विदेशीहरुलाई निकाल्न मद्दत गरिरहेको छ ।

रुस र युक्रेनको बीच गएको आठ दिनदेखि लडाई चलिरहेको छ र थामिने कुनै नाम लिएको छैन । आफ्नो शर्त मनाउनको लागि हमलावर पुटिनको सेनाले युक्रेनको राजधानी कीवलाई चारैतर्फबाट घेरेका छन् । उता संयुक्त राष्ट्र महासभाले युक्रेनबाट रुसी सेनाको वापसीको प्रस्ताव पनि पारित गर्यो । उता रुसी राष्ट्रपति पुटिनले बिहीवारका सनीसनीखेज आरोप लगाएका छन् कि युक्रेनी सेना आम मानिसहरुलाई मानव ढालको रुपमा प्रयोग गरिरहेको छ । पुटिनको दाबी छ कि युक्रेनी सेनाले ३००० भारतीय छात्रलाई बन्धक बनाएको छ र उनलाई निक्लन दिएको छैन जबकी रुसी सैनिकले विदेशीलाई निकाल्न मद्दत गरिरहेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us