दोस्रो चरणको शान्ति वार्ताका लागि रुस तयार, युक्रेन भन्छ, ‘हामीलाई विश्वास छैन’

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

रुसले युक्रेनसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको छ । यसअघि युक्रेनी सीमा नजिकै बेलारुसमा भएको पहिलो चरणको वार्ता कुनै समाधान निकाल्न विफल भएको थियो । राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्की फेरि पनि रुसका तर्फबाट प्रमुख वार्ताकार हुने बताइएको छ ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने वार्ताबाट कुनै पनि प्रगति हासिल हुनेबारे विस्वस्त हुन सक्ने अवस्था नरहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघले रुसी फौजको आक्रमण युक्रेनमा विस्तार भइरहँदा करिब ९ लाख मानिसले युक्रेन छाडेको जनाएको छ । पोल्यान्डले युक्रेनमाथि आक्रमण थालिएयता चार लाख ५० हजार युक्रेनीहरू आफ्नो देश प्रवेश गरेको जनाएको छ । एक लाखभन्दा बढी मानिसहरू हङ्गेरीमा पुगेका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us