युक्रेनको खार्किभमा रुसी आक्रमणबाट २१ को मृत्यु, ११२ घाइते

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर : इपिए

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले गरेको गोलाबारीमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ। खार्किभका मेयरले दिएको जानकारीअनुसार गोलाबारीमा परेर अरु ११२ जना घाइते भएका छन्।

तर सहर भने आफूहरुकै नियन्त्रणमा रहेको युक्रेनी अधिकारीले बताएका छन्। खार्किभका प्रशासकले रुसी आक्रमणकारीहरुलाई लखेट्न आफूहरु सफल भएको बताए।

मंगलबार र रातभर रुसले भीषण गोलाबारीसहित आक्रमण गरे पनि जीत हासिल भने गर्न नसकेको खार्किभका गभर्नर ओलेह सिनेगुबोभले बताएका छन्।

शत्रु (रुसी पक्ष) ले ठूलो क्षति व्यहोरेको उनको भनाइ छ। रुसी सैनिक उत्तरपूर्व र उत्तरबाट सहर प्रवेश गरेर आक्रमण गरेका छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us