युक्रेन संकट–डिज्नी, वार्नर र सोनीले रुसमा चलचित्र प्रदर्शन नगर्ने

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

विश्वविख्यात चलचित्र निर्माण कम्पनीहरु डिज्नी, वार्नर र सोनीले रुसमा चलचित्र प्रदर्शन नगर्ने बताएका छन्। युक्रेनमाथि गरेको सैन्य आक्रमणका कारण यी कम्पनीहरुले रुसमा चलचित्र प्रदर्शन नगर्ने बताएका हुन्।

यो घोषणासँगै चर्चित चलचित्र ‘व्याटम्यान, टर्निङ रेड, मार्बुइस’ लगायतका चलचित्र रसियामा प्रदर्शन नहुने भएका हुन्।

युरोपियन युनियन, अमेरिका सहितका देशले युक्रेनमाथि रुसी आक्रमणलाई लिएर आर्थिक प्रतिबन्ध लगाएका छन्। यहि परिवेशमा डिज्नी, सोनी लगायतका चलचित्र उत्पादन कम्पनीले रसिया विरुद्ध प्रतिबन्ध लगाएका हुन्।

यता नेटफ्लिक्सले पनि रसियाको नयाँ नियम अनुसार त्यहाँका कुनै अरु च्यालनसँग सहकार्य गरी रसियामा काम गर्न नसक्ने जनाएको छ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले रुसका सञ्चारमाध्यमबाट गलत सूचना प्रवाह हुने जोखिम रहेकाे भन्दै सीमितता कायम गरेको छ।

अहिले रुसका सञ्चारमाध्यमले रुसले युक्रेनमा गरेको सैन्य आक्रमणको बारेमा धेरै गलत सूचना सार्वजनिक गरिरहेको छ।
ट्वीटरमा दैनिक ४५ हजार ट्वीट रुसी सञ्चार माध्यमबाट हुने गरेका छन्।

© 2022 All Right Reserved DiasporaNepal