नायक पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ – नायक पल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक नाबालिक गायिकाले जबरजस्ती करणको आरोपमा उजुरी दिएपछि नायक शाहलाई तनहुँ प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।

शाह आफै प्रहरी समक्ष आएपछि नियन्त्रणमा लिइएको तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिएका छन् । नायक शाहले आइतबार बिहान आफै प्रहरी समक्ष जाने जानकारी सामाजिक सञ्जाल मार्फत दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन ११ गते नाबालिक गायिकाले शाहविरुद्ध किटानी जाहेरीसहित उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले पक्राउ पूर्जी जारी गरे पनि शाह फरार थिए ।

उनले आफ्नो स्वास्थ्य अवस्था, मिलाउन बाँकी घर व्यवहार र चलचित्र म यस्तो गीत गाउँछु–२ को प्रदर्शनमा असर नपारोस् भनेर प्रहरी समक्ष नगएको बताएका थिए ।

© 2022 All Right Reserved DiasporaNepal