जर्मनीले गर्यो युक्रेन नीतिमा परिवर्तन, ट्याङ्क विरोधी हतियार र मिसाइल पठाउने घोषणा, के यो तेश्रो विश्व युद्धको संकेत हो ?

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । रुसले युक्रेनमाथिको आक्रमणलाई तिब्रता दिने निर्णय गरेपछि विश्वका विभिन्न देशले युक्रेनलाई सहयोगको हात अगाडी बढाएका छन् । अमेरिका फ्रान्स इटाली, बेलायत जस्ता देशले बिभिन्न हतियारको सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विश्वका विभिन्न देशका नेताहरुसँग कुराकानी गर्दै समर्थन जुटाइरहेका छन् । यसैबीच अब जर्मनीले युक्रेनको सम्बन्धमा आफ्नो नीतिमा ठूलो परिवर्तन गरेको छ । जर्मनीले युक्रेनलाई हतियार पठाउने भएको छ । जर्मन चान्सलर ओलाफ शुल्ट्जले यसको पुष्टि गर्दै जर्मनीले युक्रेनलाई हतियार सहयोग गर्ने भएको बताएका छन् ।

उनले जर्मनीले युक्रेनलाई १ हजार ट्याङ्क विरोधी हतियार र ५ सय वटा सतहबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्र पठाउने बताए । जर्मनीले युक्रेनमा रूसको आक्रमणको निन्दा गरेको छ, र यस प्रक्रियामा द्वन्द्व वा युद्ध क्षेत्रहरूमा हतियारको निर्यातमा प्रतिबन्ध लगाउने आफ्नो पुरानो नीति परिवर्तन गरेको छ ।

युक्रेनका राष्ट्रपतिले जर्मनीको यो कदमको प्रशंसा गरेका छन् ।

योसँगै जर्मनीको यातायात मन्त्रीले रुसी एयरलाइन्सलाई आफ्नो हवाई क्षेत्रमा रोक्ने बताएकी छन् । इस्टोनिया, पोल्याण्ड, बुल्गेरिया र चेक रिपब्लिकले विगतमा यस्तै प्रतिबन्ध लगाएका छन्।

युक्रेनले पश्चिमी देशहरूबाट हतियारसम्बन्धी सहयोगको आश्वासन पाएको छ ।

  • अमेरिकी विदेश मन्त्रालयले युक्रेनलाई जेभलिन एन्टी ट्याङ्क मिसाइल, एन्टि-एयरक्राफ्ट सिस्टम सहित ३५० मिलियन डलर बराबरको हतियार पठाउने बताएको छ ।
  • जर्मनीले युक्रेनलाई हजारौं एन्टिट्याङ्की हतियार र ५०० सतहबाट हावामा मार हान्न सक्ने मिसाइलहरू पठाउनेछ।
  • नेदरल्याण्डले युक्रेनलाई ५० वटा ट्याङ्क विरोधी हतियार र ४०० रकेट दिनेछ ।
  • नेटोले पूर्वी युरोपमा थप सेना तैनाथ गर्न थालिसकेको छ ।
Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us