राष्ट्रसंघमा युक्रेन सम्बन्धि प्रस्तावमा रुसद्वारा भिटो: चीन, भारत र युएईले मतदान गरेनन्

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । युक्रेन सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा रुसले भिटो पावर प्रयोग गरेर यसलाई रोकेको छ । युक्रेनमा रुसको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्मा ११ सदस्यले यो प्रस्तावको पक्षमा मतदान गरेका थिए । तर रुसले स्थायी सदस्यको रूपमा भिटो प्रयोग गरेर यसलाई रोकेको छ ।

प्रस्तावको पक्षमा ११ सदस्यले मतदान गरेका थिए । तर भारत, चीन र युएईले मतदानमा भाग लिएनन् । राष्ट्रसंघका लागि रुसी राजदूतले रुसले युक्रेन वा युक्रेनका नागरिकविरुद्ध युद्ध नगरेको तर डोनबासका जनतालाई बचाउनका लागि यस्तो कदम चालेको बताए ।

सुरक्षा परिषदमा भारतका प्रतिनिधि टी.एस. तिरुमूर्तिले युक्रेनमा हालैका घटनाक्रमबाट भारत गहिरो विचलित भएको र हिंसा चाँडो अन्त्य गर्न आग्रह गरे ।

युक्रेनमा रुसको आक्रमण रोक्न र सेना बोलाउन संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा मतदान भएको थियो । रुस भिटो शक्ति भएको सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरूमध्ये एक हो। रुसबाहेक अमेरिका, चीन, फ्रान्स र बेलायतसँग पनि भिटो शक्ति छ ।

यसैबीच, संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसको कारबाहीलाई आधारभूत सिद्धान्तमाथिको आक्रमण भनेकी छिन् । उनले रुसले भिटोको दुरुपयोग गरिरहेको बताए ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा युक्रेनमा भएको आक्रमणको मुद्दा उठाएकामा सदस्य राष्ट्रहरूलाई धन्यवाद दिएका छन् । रुसको भिटो शक्तिको प्रयोगलाई लिएर उनले सुरक्षा परिषद्मा रुसको नाममा रगतको दाग जस्तै भएको लेखेका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us