बेलायती जहाजहरुमाथि रुसमा प्रतिबन्ध

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

रुसले बेलायतसँग सम्बन्धित सबै विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ। युक्रेनको आक्रमणको जवाफमा बेलायतले रुसी झन्डाबाहक ‘एरोफ्लोट’लाई रोकेपछि रुसले जवाफमा बेलायतका सबै जहाजहरुलाई प्रतिबन्ध लगाइएको बताइएको छ।

‘युकेमा लिङ्क गरिएको वा दर्ता गरिएको संस्थाको स्वामित्वमा रहेको, भाडामा लिइएको वा सञ्चालनमा रहेका विमानहरूको उडानका लागि रूसी हवाई क्षेत्रको प्रयोगमा प्रतिबन्ध लगाइएको छ,’ रुसी उड्डयन प्राधिकरणले भन्यो।

यो निर्णयलाई “युके उड्डयन अधिकारीहरूको अमित्रपूर्ण निर्णय’’को प्रतिक्रियाको रूपमा रुसले व्याख्या गरेको छ। रुसी आक्रमणको दोस्रो दिन रुसी सैनिकहरु राजधानी किभबाहिर युक्रेनी फौजसँग भिडन्त गरिरहेका छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us