अभिनेता पल शाहबिरुद्ध जबर्जस्ती करणीमा गायिकाद्धारा किटानी जाहेरी

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ- अभिनेता पल शाहविरूद्ध एक १७ वर्षीया गायिकाले जबर्जस्ती करणीमा किटानी जाहेरी दिएकी छन्। ती १७ वर्षीया गायिकाले तनहुँस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर अभिनेता पल शाहबिरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

नेपाल प्रहरीका प्रवक्ता एसपी बिष्णुकुमार केसीले तनहुँ प्रहरीमा अभिनेता शाहबिरुद्ध ती गायिकाले जबर्जस्ती करणीमा किटानी जाहेरी दिएको पुष्टि गरेका छन् । उनले भने- ‘अभिनेता शाहबिरुद्ध तनहुँ प्रहरीमा बुधबार जबर्जस्ती करणीमा किटानी जाहेरी परेको छ।’

ती १७ वर्षीया किशोरी गायिकालाई जबर्जस्ती प्रेमसम्बन्धमा पारेर करणी गरेको आरोप अभिनेता शाहमाथि लागेको छ । एक महिनाअघि ती गायिका शाहबिरुद्ध उजुरी लिएर कास्की प्रहरी पुगे पनि कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै तनहुँ प्रहरीमा पठाएको थियो ।

नेपालको कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै शारिरिक सम्बन्ध राखिए पनि त्यो बलात्कार मानिन्छ। सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती भएको पल शाह र ती गायिकाबीचको अडियोमा अभिनेता स्वयम्‌ले शारिरिक सम्बन्ध राखेको स्वीकार गरेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal