बाइडेनले पुटिनसँग शिखर वार्ता नगर्ने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता नगर्ने बताएका छन् । यसै साता फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोसँगको टेलिफोन वार्तामा बाइडेन सैद्धान्तिक रूपमा पुटिनसँग वार्ता गर्न सहमत भएको विवरण सार्वजनिक भएको थियो ।

यद्यपि राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति बाइडेन पुटिनसँग वार्ता गर्न इच्छुक नभएको जनाएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टाेनी ब्लिनकेनले पनि रुसी आक्रमण सुरु भइसकेकोले मस्कोसँगको वार्ताको कुनै अर्थ नभएको बताएका छन् । यसअघि ब्लिनकेनले रुसी समकक्षीसँग वार्ता रद्द गरेका थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us