रुसले दोनेत्स्क र लुगान्स्कलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएपछि जर्मनीले नर्ड स्ट्रीम २ रोक्ने
काठमाडौँ । युक्रेन संकटलाई लिएर रुसविरुद्ध कदम चाल्दै जर्मनीले नर्थ स्ट्रिम-२ ग्यास पाइपलाइन सुरु गर्ने प्रक्रिया रोकेको छ । जर्मन चान्सलर ओलाफ शुल्ट्जले युक्रेनमा रूसले चालेको कदमको प्रतिक्रियामा यो कदम चालेको बताएका छन् ।
यो पाइपलाइन परियोजना रोक्न अमेरिका र अन्य युरोपेली देशहरूले जर्मनीलाई दबाब दिए पनि जर्मनी मानेको थिएन । तर अहिले उनले निकै महत्वपूर्ण निर्णय मानिएको यो आयोजनाको प्रक्रिया रोकेका छन् ।
अमेरिकाले धेरै वर्षदेखि प्राकृतिक ग्यास ल्याउन रुस र जर्मनीबीच अर्को पाइपलाइन निर्माण गर्दा रुसमाथि युरोपेली देशहरूको निर्भरता बढाउने तर्क गर्दै आएको छ ।
शुल्ट्जले पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै यो पाइपलाइन प्रमाणित गर्ने प्रक्रियाको पुन: मूल्याङ्कन गर्ने निर्णय गरिएको बताए । तर, यो पाइपलाइन अझै सुरु हुन सकेको छैन । जर्मनीले आफ्नो ऊर्जा आवश्यकताको लगभग एक चौथाइ प्राकृतिक ग्यासबाट पूरा गर्छ ।
तर, जर्मनीले आफ्ना बाँकी रहेका तीनवटा आणविक ऊर्जा केन्द्र बन्द गर्ने र चरणबद्ध रूपमा कोइलाको प्रयोग बन्द गर्ने भएकाले आगामी दिनमा यो हिस्सा बढ्ने विश्वास गरिएको छ । जर्मनीमा प्रयोग हुने प्राकृतिक ग्यासको आधा हिस्सा रुसबाट आउँछ