मिन्स्क सम्झौता कार्यान्वयन गर्न बेलायतका प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवको जोड
युके । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको वरपरको अवस्थाबारे छलफल गर्दै मिन्स्क सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएको जोन्सनको कार्यालयले जनाएको छ ।
नेताहरूले संयुक्त राष्ट्रसंघको बडापत्रअन्तर्गत आफ्नो दायित्वहरू पालना गर्न र संयुक्त राष्ट्रसंघ सदस्यहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने राज्यहरूको दायित्व पुनः दोहोर्याएका छन् ।
प्रधानमन्त्री र महासचिवले मिन्स्क सम्झौताहरू कार्यान्वयन गर्न सबै पक्षहरू असल विश्वासका साथ काम गर्ने महत्त्वलाई पुनः पुष्टि गरेकाे बेलायती प्रधानमन्त्रीको कार्यालयले बुधबार उल्लेख गरेको छ ।
युक्रेनको सरकार र अलग भएको डोनेट्स्क र डोनेट्स्कबीच डोनबासमा द्वन्द्व जारी छ । द्वन्द्वको राजनीतिक समाधान खोज्न तयार गरिएको मिन्स्क सम्झौताहरू फ्रान्स, जर्मनी, रुस र युक्रेनका नेताहरू (नोर्मान्डी समूह) फेब्रुअरी २०१५ मा वार्ता भएका थियो । यद्यपि, यो सम्झौता अहिलेसम्म पालना भएको छैन र छिटपुट झडप जारी नै छ ।