बलिउडका भेटरन संगीतकर्मी तथा यायक बप्पी लहरीको निधन, गोल्डमेन बप्पी लहरीलाई अभिनेता राजकुमारले भनेका थिए- मंगलसूत्र पनि लाउनुस्

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

बलिउडका प्रख्यात संगीकार बप्पी लहरीको मंगलबार बेलुका ११ बजे ६९ वर्षको उमेरमा निधन भएको छ । उनले मुम्बईको जुहूस्थित क्रिटी केयर अस्पतालमा अन्तिम श्वास फेरे ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबारनै अस्पताल भर्ना गरिएको थियो । बलिउडमा ‘बप्पी दा’ भनेर चिनिने उनी संगीतकारसँगै कुशल गायक पनि थिए । उनी लोकप्रिय हुने अर्को कारण उनले लगाउने सुनका गहना पनि थियो । त्यहीकारण उनलाई ‘भारतको गोल्डमेन’ भनिन्थ्यो ।

राजकुमारले भनेका थिए- मंगलसूत्र पनि लगाउनु पर्थ्यो
बप्पीले सुन लगाएको देखेर एकपटक अभिनेता राजकुमारले उनको मजाक उडाएका थिए । यो किस्सा एक पार्टीको हो । एक पार्टीमा संगीतकार बप्पीको भेट अभिनेता राजकुमारसँग भएको थियो । आफ्नो पुरानो बानी अनुरुप बप्पी सुनका धेरै गहना लगाएर त्यहाँ पुगेका थिए । त्यही समयमा राजकुमारले बप्पीलाई तलदेखि माथिसम्म हेरेका थिए । उनले आफ्नै शैलीमा सोधे–वाह, शानदार १ एक से एक गहना लगाएका छौँ । मात्र मंगलसूत्रको कमी रह्यो । त्यो पनि लगाउनुपथ्र्यो । यो सुनेपछि बप्पी हेरेको हेरेकै भएका थिए ।

माइकल ज्याक्सन थिए बप्पीका फ्यान
केही वर्षअघि बप्पी ‘द कपिल शर्मा शो’मा पाहुनाका रुपमा आएका थिए । त्यहाँ उनले आफूले गलामा भगवान गणेशको सुनको लकेट लगाएको देखेर विश्वविख्यात माइकल ज्याक्सनले तारिफ गरेको बताएका थिए । ‘एक कार्यक्रममा जब माइकल ज्याक्सनसँग भेट भयो, उनले मेरो गलामा भगवान गणेशको लकेट देखे । अनि ‘फेन्टाष्टिक, यो निकै सुन्दर छ’ उनले भने, ‘उनले मेरो गीत ‘जिम्मी जिम्मी’को पनि तारिफ गरेका थिए ।’

गिनिज बुकमा नाम
बप्पीले एउटा अनौठो रेकर्ड कायम गरेका छन् । सन् १९८७ मा उनले ३३ फिल्मका लागि करिब एक सय ८० गीत कम्पोज गरेका थिए । एकै वर्षमा यति धेरै गीत रेकर्ड गरेबापत गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाएका थिए । उनले तीन वर्षको उमेरमा तबला बजाउन सिकेका थिए । ११ वर्षको उमेरमा त उनले संगीत दिन नै सुरु गरे । १३ वर्षको उमेरमा बलिउडमा स्थान बनाउनका लागि कोलकाताबाट मुम्बई आएका थिए । उनले ४८ वर्षको करियरमा करिब पाँच सय फिल्ममा ६ हजार गीत कम्पोज गरेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal