तलब बृद्धिको माग गर्दै अस्ट्रेलियाका हजारौं नर्स आन्दोलनमा
सिड्नी । तलब र कर्मचारी अभावको विरोधमा अस्ट्रेलियाको न्यु साउद वेल्सका हजारौं नर्सहरू आन्दोलनमा उत्रिएका छन् । नर्सहरूको युनियन र स्वास्थ्यमन्त्री ब्राड हजार्डबीच सम्पन्न वार्ता विफल भएपछि नर्सहरू आन्दोलनमा उत्रिएका हुन् ।
राज्यमा एक दशकपछि पहिलो पटक नर्सहरूले विरोध गरेका हुन् । ओमिक्रोन संक्रमणमा एउटा पछिल्लो बृद्धिले देशमा परीक्षा र अस्पताल प्रणालीमा दबाब परेको छ ।
न्यु साउद वेल्समा भएका केसहरू अस्ट्रेलियाको २५ लाख संक्रमणहरूको ठूलो हिस्सा हो । हजारौं नर्स र अन्य स्वास्थ्यकर्मी एनएसयूको सबैभन्दा ठूलो जनसंख्या भएको सहर सिड्नीमा मार्च गरेका थिए ।
उनीहरूमध्ये कतिपयले व्यक्तिग सुरक्षात्मक उपकरणहरू र नर्सका पोसाक लगाएका थिए । उनीहरूको मागमा नर्स र विरामीको अनुपातदेखि २दशमलब ५ प्रतिशत समावेश छ ।