म्यानमारले ७ विदेशीसहित ८२१ कैदीलाई दियो आम माफी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Farakdhar

म्यानमार सरकारले ८२१ कैदीलाई आम माफी दिइएको छ । आम माफी पाउनेमा ८१४ स्वदेशी र सात विदेशी कैदी छन् । म्यानमार सरकारले उनीहरूलाई हीरक एकता दिवसका अवसरमा आम माफी दिने निर्णय गरेको हो ।

म्यानमारमा जनवरी ३१ देखि फेरि संकटकालको समय ६ महिना थप गरिएको छ । म्यानमारको सेनाले गत वर्षको फेब्रअरी १ मा सत्ता कब्जा गर्दै संकटकाल लगाएको हो । सेनाको कदमविरुद्ध देशभित्रका दल तथा लोकतन्त्रवादी र विश्व समुदाय विपक्षमा उभिए पनि सेना पछाडि हटेको छैन ।

त्यसअघि भएको निर्वाचनमा धाँधली भएकोले पुनः निर्वाचन गराउनुपर्ने अडानसहित सत्ता कब्जा गरिएको सेनाको भनाइ छ । अन्य पक्ष, विदेशी पर्यवेक्षकले भने निर्वाचन निष्पक्ष र स्वतन्त्ररुपमा नै भएको भन्दै सेनाको आरोपको खण्डन गरेका छन् ।

सेनाले सत्ता कब्जा गरेपछि म्यानमारका जनता आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने अरु हजारौँ घाइते र गिरफ्तार भएका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us