जर्मनीले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह
३ वर्षs अगाडि
डायस्पोरा नेपाल
बर्लिन । युक्रेनमा रहेका र त्यहाँ बस्नुपर्ने आवश्यकता नरहेका आफ्ना नागरिकलाई यूक्रेन छोड्न जर्मनीले शनिबार निर्देशन दिएको छ ।
तनाव बढ्दै जाँदा ‘सैन्य द्वन्द्वलाई रोक्न नसकिने’ भन्दै उनीहरूलाई स्वदेश फर्किन आग्रह गरेको हो ।
विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यूक्रेनी सीमा नजिकै रूसी सैनिक एकाइहरूको बृहत् चालका कारण गत केही दिनहरूमा रूस र युक्रेनबीच फेरि तनाव बढेको छ ।”
“हाल तपाईं युक्रेनमा हुनुहुन्छ भने तपाईंको उपस्थिति जरुरी छ कि छैन पक्का गर्नुहोस् । यदि जरूरी ठान्नुहुन्न भने केही समयको लागि यूक्रेनी भूगोल छोड्नुहोस् ।”