भारतका वरिष्ठ उद्योगपति एवं बजाज समूहका पूर्वअध्यक्ष राहुल बजाजको निधन

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Kharibot

काठमाडौँ । भारतका वरिष्ठ उद्योगपति तथा बजाज समूहका पूर्व अध्यक्ष राहुल बजाजको ८३ वर्षको उमेरमा निधन भएको छ । समाचार एजेन्सी पीटीआईले कम्पनीका अधिकारीहरूलाई उद्धृत गर्दै यसको पुष्टि गरेको छ ।

भारती अटो बजारलाई चेतक, प्रिया, कावासाकी दिएर बजाजको वर्तमान रूपलाई स्थापित गर्न राहुल बजाजको महत्वपूर्ण भूमिका रहेको छ ।

जुन १९३८ मा जन्मेका राहुल बजाज भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूसँग घनिष्ठ सम्बन्ध राख्ने भारतका केही औद्योगिक घरानाहरूमध्ये एक थिए ।

दिल्ली विश्वविद्यालयको सेन्ट स्टीफन्स कलेजबाट अर्थशास्त्र गरेपछि राहुल बजाजले बजाज इलेक्ट्रिकल्स कम्पनीमा करिब तीन वर्ष तालिम लिए । यस अवधिमा उनले बम्बे विश्वविद्यालयबाट कानूनको अध्ययन पनि गरेका थिए ।

राहुल बजाजले ६० को दशकमा अमेरिकाको हार्वर्ड बिजनेस स्कूलबाट एमबीए डिग्री लिएका थिए । पढाइ पूरा गरेपछि सन् १९६८ मा ३० वर्षको उमेरमा राहुल बजाजले ‘बजाज अटो लिमिटेड’को सीईओको पदभार ग्रहण गर्दा उनी यो पद हासिल गर्ने सबैभन्दा कान्छो भारतीय भएको बताइएको थियो ।

राहुल बजाजलाई देशको तेस्रो सर्वोच्च नागरिक सम्मान ‘पद्मभूषण’ बाट सम्मानित गरिएको छ । राहुल बजाज एकपटक राज्यसभा सांसद पनि भइसकेका छन् । उनी भारतीय उद्योग परिसंघको अध्यक्ष भइसकेका छन्, भारतीय अटोमोबाइल निर्माता समाजको अध्यक्ष भइसकेका छन्, भारतीय एयरलाइन्सको अध्यक्ष पनि भइसकेका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us