भारतमा कोभिडविरुद्धका ९ ओटा खोपलाई मान्यता

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Webtvkhabar

एजेन्सी, नयाँ दिल्ली । भारतले रूसमा निर्मित कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वकृति दिएको छ ।

एक मात्रा लगाए पुग्ने ‘स्पुत्निक लाइट’ नामक नयाँ खोपलाई स्वीकृति दिएको हो । योसँगै भारतले नौ ओटा कोभिड खोपलाई अनुमति दिएको छ । अनुमति दिइएकामध्ये तीन ओटा भारतमा विकसित गरिएका हुन् ।

यसअघि सरकारले गत वर्ष ’स्पुत्निक’ भीलाई अनुमति दिएको थियो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले खोप अभियानलाई तीव्रता दिँदै आएको छ । अहिलेसम्म करिब एक अर्ब ७० लाख मात्रा खोप लगाइएको छ । भारतमा ७६ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us