दुई दशकपछि रुस भ्रमणमा जाँदै पाकिस्तानी प्रधानमन्त्री

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Nepalkhabar

पाकिस्तानका प्रधानमन्त्री इमरान खान अब छिटै नै रुस भ्रमणमा जाने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार यसै महिना उनी रुस भ्रमणमा जान सक्छन्।

खान रुस भ्रमणमा गए उनी पछिल्लो दुई दशकमा रुस भ्रमणमा जाने पहिलो पाकिस्तानी प्रधानमन्त्री हुनेछन् । समाचारमा उल्लेख गरिएअनुसार यो भ्रमण फेब्रुअरी २३ देखि २६ को बीचमा हुन सक्छ। मितिको तय भने रुसले गर्नेछ।

पाकिस्तानी प्रधानमन्त्रीले हालै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए। शीतकालीन ओलम्पिकको अवसरमा उक्त भेटवार्ता गरेका थिए।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले आपसी सहयोगमा जोड दिएका थिए । यसपटकको शीतकालीन ओलम्पिकलाई अमेरिका, युरोपेली संघ (ईयू) र अन्य पश्चिमा मुलुकहरुले यो शीतकालीन ओलम्पिक बहिस्कार गरेका छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us