मेक्सिकोमा बस पल्टिदा ८ को मृत्यु
मेक्सिको । मेक्सिकोको क्विन्टाना रू राज्यमा आइतबार बस पल्टिदा कम्तीमा आठ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।
क्विन्टाना रू अभियोजकको कार्यालयले जनाएअनुसार दुर्घटना एल टिन्टल शहर नजिकैको लाजारो कार्डेनास नगरपालिकाको कन्टुनिलकिन-कानकुन राजमार्गमा भएको थियो र पीडितहरू मध्ये पाँच पुरुष र तीन महिला थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अटोबस डे ओरिएन्ट कम्पनीको उक्त बस निर्माण सामग्री बोकेको ट्रकसँग ठोक्किएको थियो ।
नेशनल इन्स्टिच्युट अफ पब्लिक हेल्थको तथ्याङ्क अनुसार सडक दुर्घटनाबाट मृत्यु हुनेको सन्दर्भमा मेक्सिको विश्वभर सातौं र ल्याटिन अमेरिकामा तेस्रो स्थानमा पर्दछ ।