अमेरिकी सेनाको हमलामा परी सिरियामा १३ जनाको मृत्यु

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Middleeastmonitor

एजेन्सी । उत्तरपश्चिम सिरियामा अमेरिकाको विशेष फौजले बिहीबार गरेको हमलामा बालबालिका र महिलासहित १३ जना मारिएका छन् । जिहादीको नियन्त्रणमा रहेको इडलिबमा भएको सो कारबाही सन् २०१९ पछिकै ठूलो भएको अमेरिकाले जनाएको छ ।

सन् २०१९ मा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बग्दादीको मृत्यु भएको थियो । एटमी सहरमा भएको सो कारबाही करिब दुई घन्टासम्म चलेको थियो । अल कायदालाई लक्षित गरी सो हमला गरिएको अमेरिकी सेनाले जनाएको छ ।

अमेरिकी हमलामा चार बालबालिका र तीन महिलासहित १३ जनाको मृत्यु भएको मानवअधिकारबादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले एएफपीलाई बताए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us